न्यूज टुडे
राजविराज,३० साउन ।
सप्तरीको सुरुङा नगरपालिका ११ महेशपुरमा शुक्रबार १ सय २५ किलो लागूऔषध गाँजा बरामद भएको छ । आँप बगैचामा बिहान २:३० बजे उक्त परिणामको लागूऔषध गाँजा बेवारिसे अवस्थामा भेटिएको हो ।
सेतो प्लाष्टिकको बोरामा हरियो प्लाष्टिकले बेरेको अवस्थामा ५ वटा पाेकामा गाँजा भेटिएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाको तौल १ सय २५ किलो रहेको छ ।
प्रहरी चौकी धातिबाट प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा ५ जना र सशस्त्र प्रहरी बेस पातोबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र सिहं धामीको नेतृत्वमा ७ जनाको संयुक्त टोलीले गाँजा बरामद गरेको जनाइएको छ ।
विशेष सूचनाको आधारमा पुगेको नेपाल तथा सशस्त्र प्रहरीको टोलीद्वाराबरामद गाँजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।