• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

श्रोत नखुलेको २० लाख १८ हजार नगदसहित २ जना पक्राउ

श्रोत नखुलेको २० लाख १८ हजार नगदसहित २ जना पक्राउ
शिवप्रसाद आचार्य
फत्तेपुर, २९ साउन । 
सप्तरीको सप्तकोसी नगरपालिका ४ स्थित तुलसी चौकबाट २० लाख १८ हजार श्रोत नखुलेको नगदसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटा सहिदभूमि गाउँपालिका ३ का २१ बर्षिय जीवन लमजेल र सोही ठाउँका २८ बर्षिय आयन राई  उक्त रकमसहित पक्राउ परेको हो । 
कंचनपुरदेखि फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा श्रोत नखुलेको नगद फेला परेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।