रामनाथ यादव
राजविराज, २९ साउन ।
सप्तरीको तिलाठी काेईलाडी गाउँपालिका ७ वभनगामा नवनिर्मित एक कलभर्टको पर्खाल भत्किएको छ । जण्डाैल- कुशहा सडक स्थित वभनगामाकाे ग्रामदेवता डिहिवार थानदेखि कट्टीसम्म सडक ढलान भएको कल्भर्टकाे पर्खाल दुई महिना नवित्दै भत्किएको हो ।
नेपाल सरकार शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग स्थानीय पूर्वाधार विकास आयाेजना मधेस प्रदेश कार्यालय अन्तर्गत निर्माण भएको कल्भर्टको एक तर्फको पर्खाल सामान्य बर्षाको पानीले भत्किएको स्थानीयले जानकारी दिए ।
संघीय सरकारको ४० लाख ८७ हजार ३ सय ७६ को लगानीमा तिलाठी काेइलाडी ७ मा निर्माण गरिएको कलभर्ट तथा सडकमा गुणस्तरहीन सामाग्री प्रयोग गर्दा भत्किएको स्थानीयको आरोप छ ।
माटाे ,ग्राइभेल, ढलान , कलभर्ट माथि इटाकाे पर्खाल सहितकाे ४ मिटर चौडाई ३ सय ३१ मिटर लम्बाइ रहेको पक्की ढलान सडक निर्माण याेजनाको जिम्मा ॠद्वीसिद्वी कन्टेकशन बुढीगंगा ७ मोरङले ठेक्का लिएरको थियो।
कलभर्ट निर्माणमा दुई नम्बर इट्टाकाे प्रयाेग तथा मापदण्ड विपरीत सिमेन्टसहित निर्माण सामाग्री प्रयोग गरिएको स्थानीयहरुकाे आराेप रहेकाे छ । पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीसंगको मिलोमतो अनियमितता हुँदा कम्जोर संरचना निर्माण गरिएको उनीहरुको कथन रहेको थियो ।