• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गणिनाथ गोविन्दसेवा समितिको साधारणसभा सम्पन्न

गणिनाथ गोविन्दसेवा समितिको साधारणसभा सम्पन्न
शिवनारायण साह ( सुरज )
राजविराज, २८ साउन । 
गणिनाथ गोविन्दसेवा समिति राजविराजको बार्षिक  साधारणसभा सम्पन्न भएको छ । गणिनाथ गोविन्दसेवा समिति राजविराजद्वारा राजविराज  स्थित डिहिवार थानको प्राङ्गणमा बुधबार आयोजित एक समारोहका वीच  साधारणसभा सम्पन्न भएको हो । 
संस्थाका अध्यक्ष अनिल कुमार झाको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका सचिब सत्रुधन साहले आव २०८१/०८२ को आर्थिक प्रतिबेदन पेश गरेका थिए भने शुभकामना मन्तव्य राधेश्याम साह, इन्जिनियर राधेकृष्ण साहले गरेका थिए ।  स्वागत उपाध्यक्ष  शिष प्रसाद हलुवाई गरेका थिए । 
साधारणसभाले संस्थाको आगामी तीनबर्षे कार्यकालका लागि शिव प्रसाद हलुवाईको नेतृत्वमा ९ सदस्यीय  कार्यसमिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा शिवनारायण साह( सुरज) सचिबमा सत्रुधन साह र कोषाध्यक्षमा महेश प्रसाद साह चयन भएका छन् । 
यसैगरी समितिको सदस्यहरुमा रिमा झा,वविता साह,चन्देश्वर साह( राजा) उमेश साह र गणेश चौधरी रहेका छन् । 
साधारणसभाले एक अक्षयकोषको स्थापना समेत गरेको छ । साधारणसभाबाट निवर्तमान अध्यक्ष अनिल झाको नेतृत्वमा १५ सदस्यीय संरक्षक समिति समेत गठन गरेको नवगठित समितिका अध्यक्ष हलुवाईले जानकारी दिए ।
झा नेतृत्वका  कार्य समितिले राजविराज ६ स्थित रहेको डिहिवार थानको प्राङ्गणमा गणिनाथ मन्दिर निर्माण गरि गणिनाथ बाबाको मुर्ति स्थापना गरेका छन् भने सोही स्थानमा धर्मशाला निर्माणाधीन अवस्थामा छ ।