• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

फोनिजका महासचिव तामाङसहित १ दर्जनबढीले गरे रक्तदान

फोनिजका महासचिव तामाङसहित १ दर्जनबढीले गरे रक्तदान
न्यूज टुडे
राजविराज,२७ साउन । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २६ औं बार्षिकोत्सव तथा  स्थापना दिवसको अवसरमा मधेस प्रदेशका महासचिव बृजमान तामाङसहित  १ दर्जनबढीले रक्तदान गरेका छन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा वीरगन्जमा मंगलबार आयोजित  एक कार्यक्रमको वीच उनीहरूले रक्तदान गरेका हुन् । 
रक्तदान गर्नेहरूमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव तामाङ,  वरिष्ठ प्रहरी नायव निरीक्षक डिकर देव पन्त  सरोज केसी, प्रेम बहादुर श्रेष्ठ, तेजेन्द्र प्रसाद बस्नेत,खुशीनन्दन चौधरी,पुजन चौधरी, राकेश कुमार साह, राजेन्द्रप्रसाद कुमार गुप्ता, संजयदास थारु, अजय महतो,राहुल कुमार लायो मगर लगायतका छन् । 
ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गर्दै मधेस प्रदेश इन्चार्ज श्रेष्ठ । फोटो : न्यूज टुडे
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा आयोजित  कार्यक्रममा प्रमुख अतिथि  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्ल्ड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति बृजकिशोर पटेल,सामाजिक अभियन्ता प्रकाश थारु  समाजसेवी राजेन्द्र भट्टराई,,एनजीओ सिसीका अध्यक्ष इब्राहिम देवान, समाजसेवी  वीर शम्शेर प्रसाद कुर्मी,सरोज केसी लगायतको उपस्थिति थियो । 
यसैगरी  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  सप्तरीका अध्यक्ष कृष्णा कुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ,बारा पूर्व अध्यक्ष अजित भुजेल लगायतका मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष सचिबहरुको उपस्थिति थियो । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अनिता चौधरीले गरिन ।