पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जमुवामा सोमबार बिहान बस र माइक्रो ठोक्किदा ३ जनाको मृत्यु भएको छ । काकडभिट्टाबाट दिक्तेल तर्फ जादै गरेको मे १ ख १७९९ नम्वरको बस र राजविराजबाट जाँदै गरेको प्र २९०१९००१ ज ००४७ नम्वरको माइक्रो विङ्गर एक आपस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको सुनसरीका प्रहरी प्रबक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । मृतकको नाम र वतन नखुलेको र दुर्घटनामा अन्य १५ जना भन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेलाई बिराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।