न्यूज टुडे
राजविराज, २६ साउन ।
राजविराज-सखडा- गोविन्दपुरसम्म्को सडक निर्माणको माग गर्दै सोमबार पैदलयात्रा गरिएको छ । नेकपा माओवादीका नेता एवम् पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा सडक निर्माणको दवाव सिर्जना गर्न पैदलयात्रा निकालिएको हो ।
पूर्वमन्त्री यादवको नेतृत्वमा सखडाबाट निकालिएको पैदलयात्रा विसनपुर चौक पुगेर समापन गरिएको थियो ।
‘राजविराज- सखडा- गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, सुशासन कायम गर, कुशासन बन्द गर, सुशासन हेर्ने सखडा आउ’ भन्ने विभिन्न नारा लगाउँदै पैदलयात्रा निकालिएको थियो ।
लामो समय सडक जर्जर अबस्थामा हुँदा समेत निर्माण कार्य कछुवा गतिमा भएकोले दवाव स्वरुप पैदल यात्रा गरिएको पूर्वमन्त्री यादवले बताए । शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।