न्यूज टुडे
राजविराज,२५ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजगढ घटनाको सत्य तथ्य छिट्टै सार्वजनिक हुने बताएका छन् ।आइतवार सप्तरीको राजगढ–२ कमलपुर पुगेर गोली लागेर मृत्यु भएका ३६ वर्षीय लालु यादवको परिवारसंग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले मृतकको घर तथा घटनास्थलमा पुगेर शोकाकुल परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका थिए ।
मुख्यमन्त्री सिंहले उक्त अवसरमा स्वर्गीय यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री सिंहले शोकसन्तप्त परिवारजनलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भन्ने कामना गरे ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री सिंहले सत्य तथ्य छिट्टै सार्वजनिक हुने बताए ।
यादवको गत मंगलबार प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।