उत्तम आचार्य
कञ्चनरुप ,२४ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित रुपनगरमा शनिबार लाखे नाँच प्रदर्शन गरिएको छ । गाइजात्राको अवसरमा नेवा: समज बस्तीपुरले लाखे नाँच प्रदर्शन गरेको हो ।
नेवा गूठी भवन कन्चनरुप १२ बस्तिपुरबाट निकालिएको लाखे नाँच १२ नम्बर वडाको बिभिन्न भाग परिक्रमा गरिएको थियो । गाइजात्राको अवसरमा निकालिएको लाखे नाँच सप्तरी जिल्लामै पहिलो पटक भएको आयोजकले जनाइएको छ ।
आफ्नो भेषभुसा , कला , संस्कृतिको जगेर्ना गर्न गाइजात्रा पर्वको शुरूवात गरिएको नेवा समाजका अमर श्रेष्ठले बताए ।नागपञ्चमीबाट शुरु भएको गाइजात्रा पर्व ३१ गते कृष्ण अष्टमीको दिन समापन गरिने नेवा समाजका अध्यक्ष कौशल श्रेष्ठले बताए ।
गाइजात्राको अवसरमा निकालिएको लाखे नाँच प्रत्येक घरघरमा गइ लाखे नृत्य प्रस्तुत गर्नुका साथै स्वइच्छाले एथासक्य दान समेत लिएको आयोजकले जानकारी दिए ।