न्यूज टुडे
राजविराज,२४ साउन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को वडा समिति गठन गरिएको छ । महुली स्थित सन्तोषी पार्टी प्यालेसमा शनिबार आयोजित एक भेलाले बल्जीत भुजेलको सभापतित्वमा १५ सदस्यीय वडा समिति गठन गरिएको हो ।
गठित समितिको उपसभापतिमा नमुना लामिछाने,सचीवमा धनिषा थापा राउत, सह- सचिबमा भगवती नेपाली र कोषाध्यक्षमा बलराम आचार्य चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा तेज बहादुर सुवेदी( सवराज) होमा घिमिरे,सन्जु न्यौपाने,पेधनाथ बन्जारा,गोविन्द नेपाली,पेसल सुवेदी,दिल बहादुर राना मगर,सरोज राई, तिलका पौडेल,बाबुराम विसुन्खे रहेका छन् ।
उक्त अवसरमा जिल्ला उपसभापति रिता चौधरी,सचिब कौसल कुमार श्रेष्ठ,सदस्य हिर मोहमद सप्तकोशी नगर सभापति मान प्रसाद लुइँटेल, सचिव संतोष कटवाललगायत स्थानीय नेताकार्यकर्ताहरुको समेत उपस्थिति थियो ।