• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चाँदनी चौकमा बसको ठक्करबाट चौधरी मृत्यु, आक्रोशित आफन्त तथा स्थानीयबासीद्वारा सडक अवरुद्ध

चाँदनी चौकमा बसको ठक्करबाट चौधरी मृत्यु, आक्रोशित आफन्त तथा स्थानीयबासीद्वारा सडक अवरुद्ध
न्यूज टुडे
राजविराज,२४ साउन । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा शनिबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  स्थानीय सितापुर निवासी बर्ष ६८को  बुदुर चौधरीको घटना स्थलमै  मृत्यु भएको हो । 
दुर्घटनामा पछि सडकमा रोकिएको सवारी साधन । फोटो : न्यूज टुडे
पश्चिमबाट पूर्व तर्फ गइरहेको प्र १-०१-००१ख ४५६० नम्बरको बसले सोही दिशातर्फ बाट जाँदै गरेको साइकल यात्रीलाई पछाडीबाट ठक्कर दिंदा चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विहान ६ बजे सोही सडक हुँदै  धानखेत तर्फ जाँदै गरेका उनलाई बसले ठक्कर दिदा घटना स्थमै ज्यान गएको स्थानीयले बताएका छन् । 
ठक्कर दिने बस  र चालक इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
घटना स्थलमा प्रहरी खटी मृतक चौधरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाएने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
घटनापछि  आक्रोशित स्थानीयबासी र मृतकका आफान्तहरुले विहान ६ बजेदेखि सडक अवरुद्ध गरेका छन् ।  बन्दका कारण सयौं सवारी साधन  सडकमा थन्किदा हजारौं यात्रु सडकमै अलपत्र परेका छन् ।