• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यस पटकको खडेरीले मधेश प्रदेशमा निकै संकटपूर्ण अवस्था ल्यायो । रोपाइँ सकिने समयमा भएको केही वर्षाले थोरै भएपनि राहत त दिएको छ । तर यसकै भरमा सन्तोष मानेर बस्ने भन्दा पनि भविष्यमा फेरि पनि आउन सक्ने यस्तो संकटको सामना कसरी गर्ने भन्ने तर्फ सोच्नु पर्ने भएको छ ।
समयमा वर्षा नभएका कारणले रोपाइँ गर्न नसकिएको भन्दा पनि खानेपानीको संकटले बढी त्रास उत्पन्न गराएको भन्दा अन्यथा नहोला । कारण साउनमा खडेरी त केही दसक अघि पनि परेकै हो । यस पटक ईनार, ट्युबवेल समेत सुक्न थालेका कारणले मधेशका धेरै जिल्लामा खानेपानीको संकट उत्पन्न भयो । तसर्थ पहिला त भूमिगत जल सतहको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने भएको छ । यसकालागि पहिला भूमिगत जलको पुनर्भरण तर्फ ध्यान पुर्याउनु पर्ने भएको छ । त्यसो नगरिए त्यसको अझै दोहन मात्रै हुने र आगामी सुक्खा याममा पानीको संकट अझै बढेर जान सक्दछ । ईनार, पोखरी,कुवा,खोल्सीको संरक्षण गर्न सकियो भने यसले खानेपानीको अभावलाई सामना गर्न तथा पानीलाई रिचार्ज गरी जमिनमुनि पनि पानीको पुनर्भरणमा सघाउ पुग्न सक्दछ । यसका साथै चुरेको संरक्षण त अति नै आवश्यक रहेका कारण त्यसको दोहनमा पनि कडाईका साथ नियन्त्रणको आवश्यकता छ ।
चुरे आसपासमा संरक्षण पोखरी निर्माण गरी वर्षाको पानी संकलनको व्यवस्था मिलाउन सकियो भने यसबाट त्यस आसपासका क्षेत्रमा पानी रिचार्जमा सहयोग पुग्ने भएका कारण भूमिगत जलसतहलाई जोगाउन समेत सकिने भएका कारण यस्ता उपाय अपनाई पानीको स्रोत सुरक्षित राख्ने तर्फ चासो लिन आवश्यक छ ।