• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कञ्चनरूपको बरमझियामा भेटियो अजिङ्गर 
उत्तम आचार्य 
कञ्चनरूप, २० साउन । 
सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबार दुई मिटर लामो दुर्लभ अजिङ्गर फेला परेको छ । कञ्चनरूप नगरपालिका–२ बरमझिया बस्ने दिगम्बर झाको घरमा दुई मिटर लम्बाइ भएको आठ किलो बराबरको दुर्लभ अजिङ्गर फेला परेको हो ।
अजिङ्गरको उद्धार गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा छोडिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको वदगामा पोष्टका दिलिप कुमार नेपाली र प्रहरी जवानहरूको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय कमल किशोर गुप्ताले जानकारी दिए ।
वर्षाको समयमा खोला, नदीको पानीमा बगेर अजिङ्गर आएको अनुमान गरिएको छ ।