• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादब विजयी 

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादब विजयी 
न्यूज टुडे
राजविराज,२० साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा केदार प्रसाद यादव विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई ३० मतान्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा केदार प्रसाद यादबले २ सय ३५ मत ल्याएर  बिजयी भएभने उनका निकटतम प्रतिद्वन्दी उमेेश प्रसाद यादवले २ सय ५ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र  हरेराम यादब २ सय २६ मत प्राप्त गरि  विजयी भएका छन् भने राजेश्वर प्रसाद रायले १ सय ८५ र उषा  कुमारी साहले १ सय ७४ मत प्राप्त गरे ।
यसैगरी सचिबमा  निरज कुमार झा (निरज मुक्ती)  २ सय ३१ मत ल्याएर बिजयी भए भने शम्भु कुमार  यादबले  २ सय ३० प्राप्त गरे । यादव १ मतले पराजित भएका छन् । 
यसैगरी उपसचिव  रिता कुमारी चाैधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादबले २ सय ३५ मत प्राप्त  गरि बिजयी भएका छन् भने  राहुल मण्डल  २ सय २३ मत र दाउद हुसेनले १ सय ७३ मत प्राप्त गरे । 
यसैबीच काेषाध्यक्ष  अमरेन्द्र  कुमार  यादब ( अर्विन ) २ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनय याादब (निकु) ले २ सय १० मत प्राप्त  गरे । 
जसपा नेपाल सप्तरीको सोमबार सम्पन्न निर्वाचनको पदाधिकारीहरुको मतगणना सकिएको छ भने खुल्ला र समाबेशी सदस्य पदका उम्मेदवारहरुको मतगणना जारी रहेको छ ।
 निर्वाचित ७ पदाधिकारी मध्ये उपाध्यक्ष  हरेराम यादव र सचिब निरज कुमार झा उमेश प्यानलका हो भने अन्य ५ जना केदार प्यानलका हुन् ।