• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा ९ जना डाका समुह पक्राउ 
 न्यूज टुडे
राजविराज,१९ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा टोलमा कान्तलाल चौधरीको डाँका समूहले गोली हानी हत्या गरेको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
गत जेठ २३ गते डाँका समूहले लुटपाट र गोली हानी हत्या गरेको आरोपमा ४८ दिनको अनुसन्धान पछि उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक गरे ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा–८ का राजेश कुमार मरिक, संजय मरिक, बोदेबर्साइन–२ का दिपेन मरिक, खडक–११ का, हरिकिसुन मरिक, शम्भुनाथ–८ का दिपक मरिक, सुरुङ्गा–७ का राजु कुमार विक, उदयपुरको बेलका–१का चन्दर मरिक, सिरहाको लहान–६ का महेन्द्र गोड्से र लहान–८ का उमेश साह सोनार रहेको सप्तरी प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले  पत्रकार सम्मेलनमा जानकारी दिए। 
प्रहरीले अनुसन्धानको क्रममा लुटिएका गरगहना, नगद तथा घटनामा प्रयोग गरिएको हतियार समेत नियन्त्रणमा लिएको एसपी केसीले बताए । पक्राउ पर्नेमा डाँका, हत्यामा संलग्नदेखि गरगहना बेच्ने तथा त्यसलाई गलाउनेमा संलग्न समेत रहेका छन् ।
घटनाको राति लुटपाट गर्ने क्रममा मृतक चौधरीले डाँकाहरूसँग प्रतिकार गर्दै आफूले चिनेको बताएका थिए। सोही प्रतिक्रिया चौधरीकी श्रीमतीले सुनेकी थिइन्। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम कुमार केसीले बताए।
मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेश प्रदेशमा अपराधिक घटना बढेको बताए। उपत्यकाबाहेक सातै प्रदेश मध्ये मधेश प्रदेशमा सबैभन्दा बढी हत्याको घटना भएकोको उनको पत्रकार सम्मेलनमा बताए ।
प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक नगर्न परिपत्र आएकोले तस्वीर सार्बजनिक गरेका छैनन्।