न्यूज टुडे
राजविराज, १८ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको जिल्ला सदस्यमा ४ जना निर्विरोध चयन भएका छन् । जिल्ला निर्वाचन समितिले आइतबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै उनीहरुलाई जिल्ला सदस्यमा निर्विरोध घोषणा गरेको हो ।
पिछडाबर्गबाट एक जनाका मात्र उम्मेदवारी परेका रघुनन्दन चौधरी, पालिका खुल्ला सदस्य सावेन्द्र कुमार यादव, दिप नारायण साह, ओम नारायण यादव निर्विरोध सदस्यमा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध हुनेमा ४ जना केदार (संस्थापन) प्यानलका हुन् । जसपा नेपाल सप्तरीको सोमबार ११ बजेदेखि मतदान सुरु गरि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।