• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरीको मतदान तेस्रो पटक सर्‍यो, सोमबार ११ बजेदेखि ४ बजेसम्म हुने

जसपा नेपाल सप्तरीको मतदान तेस्रो पटक सर्‍यो, सोमबार ११ बजेदेखि ४ बजेसम्म हुने
न्यूज टुडे
राजविराज,१८साउन। 
साउन १७ गते हुने भनिएको जनता समाजवादी पार्टी नेपाल सप्तरीको मतदान   तेस्रो पटक सोमबारका लागी सारिएको छ ।  जिल्ला निर्वाचन समितिले आइतबार साँझ नयाँ  निर्वाचन तालिका सार्वजनिक गर्दै सोमबार ११ बजेदेखि ४ बजेसम्म मतदान हुने  जानकारी गराएको हो ।
जसपा नेपाल सप्तरीको एकताको प्रथम अधिवेशनको सम्पन्न बन्द सत्रमार्फत जिल्ला कार्यसमिति चयनको प्रयास सफल नभएपछि चुनावी प्रक्रिया अगाडि बढाएर जिल्ला निर्वाचन समितिले तेस्रो पटक तालिका सार्वजनिक गरेको हो । 
तीनदिने निर्वाचन तालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन समितिले पुनः अर्को सूचना जारी गरी मतदाता नामावलीमा अत्यधिक दावी विरोध र संशोधन परेकोले सो उपर छानबिन गर्न समय लाग्ने जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । आइतबारको लागी तोकिएको मतदान विशेष परिस्थितिमा स्थगन गर्नुपरेको विहानै सूचना जारी गरेको थियो । 
जिल्ला निर्वाचन समितिद्वारा आइतबार जारी सूचनामा २०८२ साउन १९ गते  विहान ११ बजेदेखि ४ बजेसम्म मतदान गर्ने र ५ बजेदेखि मतगणना सुरु गर्ने उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन समितिले पटकपटक निर्वाचन तालिका परिबर्तन गर्दै यो तेस्रो पटक मतदानको समय तोकेको हो । 
जिल्ला निर्वाचन समितिद्वारा  यसअघि शुक्रबार जारी सूचना अनुसार २०८२ साउन १६ गते साँझ ७ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने,  साउन १७ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन दर्ता, दिनको १२:०५ बजे उम्मेदवारीको नामावली प्रकाशन, १२ : १० देखि २ बजे सम्म नामा फिर्ता लिने, २: ३० देखि ३ : ३० बजे दावी विरोध गर्ने, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन र २०८२ साउन १८ गते ८ बजे देखि १ बजेसम्म मतदान र दिउँसो ३ बजेदेखि मतगणना तथा मतदानको परिणाम घोषण गर्ने सूची रहेको छ । 
यसैगरी यसअघि जारी निर्वाचन तालिका अनुसार साउन १५ गते  ३:४० बजे मतदाता नामवाली  प्रकाशन, ५ बजेदेखि ६ बजेसम्म मतदाता नामबलीमाथि दावी विरोध तथा  संशोधन गर्ने र साँझ ८ बजे अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्य तालिका रहेको थियो ।
 यसैगरी  साउन १६ गते  विहान ८ बजे देखि १० बजेसम्म मनोनयन दर्ता, ११ बजे उम्मेदवारको नामावली प्रकाशन, ११:१० देखि १२ बजेसम्म नामफिर्ता लिने, १२:५ देखीदेखि १ बजेसम्म दावी विरोध,, दिउसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको थियो ।
यसैगरी साउन १७ गते शनिवार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने त्यसपछि सूचना प्रकाशित गरी मतगणना सम्पन्न गरिने  जिल्ला निर्वाचन समितिद्वारा जारी सूचानामा उल्लेख गरिएको थियो ।
जसपा नेपाल सप्तरीको भोलि हुने भनिएको निर्वाचनमा ५ सय १५ जनाले मतदान गर्ने जिल्ला निर्वाचन समितिले जनाएको छ ।