न्यूज टुडे
राजविराज,१८ साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा आइतबार खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा बिहान जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा हवाई २ राउन्ड गोली फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
एसपी केसीले पक्राउ परेकाहरूले नाम, ठेगाना बताएपनि फरक पर्न सक्ने भएकोले अनुसन्धान भइरहेको बताए ।
‘उनीहरुले विशाल राय र मनोज राय नाम बताए पनि ठेगाना फेरिने गरेकाले यकिन हुन सकेको छैन्,’ उनले भने, ‘यकिन गर्न हामी निर्वाचन कार्यालयसॅंग समन्वय गर्दैछौं ।’
पछिल्लो समय प्रहरीले भारतीय सिमा क्षेत्रबाट लागूऔष, अबैध मदिरा तथा भन्सार छ्लीको सामान ठूलो परिणाममा नियन्त्रणमा लिएका छन् ।