• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित
न्यूज टुडे
राजविराज, १८ साउन । 
जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन स्थगित भएको छ । आइतबार विहान ८ बजेदेखि हुने भनेको मतदान  जिल्ला निर्वाचन समितिले  विहान ०७:३० बजे सूचना निकालेर स्थगित गरेको हो । 
पालिकाबाट हुने जिल्ला सदस्य पदको उम्मेदवारको मनोनयनमा कुरा नमिलेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको एक नेताले बताए । एकल उम्मेदवारी परेका पालिका सदस्यहरुलाई निर्विरोध घोषणा गर्न निर्वाचन समिति तयार नभएपछि विवाद चुलिएको उनले बताए । 
उनका अनुसार केदार प्रसाद यादव प्यानलका सबै पालिकामा एकल उम्मेदवारी परेकाले निर्विरोध  घोषणा गर्नुपर्ने केदार पक्षले दावी गर्दै आएका छन् भने उमेश पक्षले २५ सदस्य नै खुला प्रतिस्पर्धाबाट हुनेपर्ने अडानका कारण निर्वाचन समितिले निर्णय लिन सकेको छैन । 
जसपा नेपालको निर्वाचन निर्देशिका अनुसार प्रत्येक पालिकाबाट १ जना जिल्ला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । निर्देशिका अनुसार केदार प्यानलबाट पालिकामा उम्मेदवारी परेको तथा  उमेश प्यानलबाट पालिका सदस्यमा उम्मेदवारी दिएका छैन । 
निर्वाचन तालिका अनुसार शनिबार दुबै प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए ।  विवाद बढेपछि निर्वाचन समितिले अझै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन ।
 अध्यक्षमा केदार प्रसाद यादव,  उमेश प्रसाद यादव,  उपाध्यक्षमा लक्ष्मण यादव्, उषा कुमारी साह, हरेराम यादव, राजेश्वर राय,सचिबमा शम्भु कुमार यादव, निरज कुमार झा, उपसचिव रामेश्वर कौडगिया यादव, रिता कुमारी चौधरी,  दाउद हुसैन, राहुल मण्डल, कोषाध्यक्षमा अरमेन्द्र कुमार यादव( अर्विन),अभिनभ यादव( निकु), सुचिता कुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् । 
यसैगरी पालिका सदस्यहरुमा दिपनारायण साह, रब्बान खान,अरुण कुमार यादव,हेम नारायण यादव,मिलन चौधरी, मो. अलाउदिन मियाँ, अशोक कुमार गोइत,सत्यनारायण मुखिया, भुबनेश्वर प्रसाद यादव,मिथिलेश कुमार यादव,विशेश्वर कुमार मण्डल, अरुण कुमार यादव, ओम प्रसाद यादव, सावेन्द्र कुमार यादव,विभाष चन्द्र यादव रहेका छन् ।
यसैगरी खुल्ला सदस्यहरुमा अर्जुन यादव, सत्यनारायण यादव, शिवदर्शन पासवान, सुनित कुमार यादव,विजली प्रसाद यादव,तपशी यादव, अशोक साह,दिनेश कुमार शर्मा, श्यामसुन्दर रजक, कामेश्वर प्रसाद यादव,   सकलदेव यादव, कपिल देव,साह, विरेन्द्र कुमार यादव,लाल बहादुर महतो,तेज नारायण यादव, चन्द्र नारायण यादव, राधेश्याम यादव, विशेश्वर मण्डल,विनय कुमार यादव,भुपेन्द्र प्रसाद यादव, रामचन्द्र यादव,देव नारायण यादव, संजय कुमार यादव,लखिचन साहु, भुवनेश्वर प्रसाद यादव, महेश कुमार यादव, सत्यनारायण यादव,विजय कुमार यादव, गोसाई यादव, रिता देवी साह,र रमेश प्रसाद मण्डल, राजेश कुमार राय, अशोक कुमार राम, प्रतिमा कुमारी यादव, जितेन्द्र कुमार यादव, प्रमोद साह,कपलेश्वर यादव, श्याम कुमार यादव,उपेन्द्र प्रसाद मण्डल, प्रकाशचन्द्र यादव, हरिनारायण यादव, राधेकृष्ण, रेणु कुमार साह, भाग्य नारायण यादव, ओम प्रसाद यादव, सावेन्द्र कुमार यादव रहेका छ्न । 
यसैगरी महिला सदस्यहरुमा उषा कुमारी देव,मन्जु कुमारी खड्का रजक, नितु कुमारी पण्डित, किरण कुमारी यादव,विनिता कुमारी मण्डल, निर्मला कुमारी चौधरी, निर्नला श्रेष्ठ,विभादेवी महतो,अमला देवी साह,चन्द्रकला यादव, परमिला देवी यादव, कल्पना कुमारी चौधरी, शुसिला कुमारी गोइत, वविता देवी यादव,अम्विका चमैन,राम कुमारी महतो,प्रासमैन देवी सदा,नैना कुमारी यादव, इन्दु देवी यादव, वविता कुमारी यादव,रेणुदेवी मण्डल,अनु मुखिया,देवकला देवी,सरस्वती कुमारी मण्डल, वाणी कुमारी चौधरी, हिरादेवी राउत,फुल कुमारी रजक,जानकी देवी साह,रिता कुमारी मण्डल,उषा कुमारी देवी, शान्ति कुमारी साह छन् । 
यसैगरी समाबेशीसदस्यहरुमा  मधेसी सदस्यमा हरेराम यादव, शिवनाथ ठाकुर,आदिवासी जनजाति सदस्यमा कुशेश्वर प्रसाद चौधरी, प्रकाश कुमार साही, दलितमा राजकिशोर खंग बेचनी कुमारी सरदार, ललिता देवी मण्डल, रेणुका कुमारी खंग, मुश्लिममा मो. अकबर मियाँ, मो. मुजिबुर रहमान, रविना खातुन, महबुब आलम, पिछाडावर्ग रघुनन्दन चौधरी, थारु दिनेश चौधरी, प्रमानन्द चौधरी, रहेका छन् । 
सात जना पदाधिकारी , १८ भूगोल, १८ महिला र ७ जना समाबेशी समुह गरि कुल ५७ जना जिल्ला नेतृत्व चयनका लागि जसपा नेपाल सप्तरीको निर्वाचनमा ५ सय १५ जनाले मतदान गर्नेछन् ।