• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोहनपुरमा जंगली हात्तीद्वारा अन्नवाली नष्ट

मोहनपुरमा जंगली हात्तीद्वारा अन्नवाली नष्ट
उत्तम आचार्य 
कन्चनरुप , १७ साउन ।
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका ६ मोहनपुरका किसानहरुले लगाएको धानबाली बथानका बथान समुहमा आएको जंगली हात्तीले खाएर कुल्चेर नस्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । खडेरीका बाबजुत दुख गरेर लगाएको धानबाली कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले खाएर कुल्चेर नष्ट गरेपछि किसानहरु चिन्तित भएका हुन्।
एक त पाखो बारीमा धान खेत त्यसमा पनि मधेशमा पानी पर्दै नपरेकोले डेढ़ सय फिट तलबाट समर्सेवल  पम्प राखेर l सिंचाइ गरेको पानीले हिल्याएर हप्तौँ लगाएर रोपेको धान। मारितरी चार पाँच दिनको फरकमा यसो पानी छर्केर यत्तिको बनाएको धान जंगली हात्तिले खाएर कुल्चेर नस्ट गरेपछि मलिन अनुहार लगाएर चिन्ता ब्यक्त गर्छन किसान प्रदिप आचार्य  ।
 ‘लू भन्नुस् मित्रहरू विरुवामै यसरी खाँदैछ भने याे धान पाक्ने बेलासम्म कति बाँकी रहला र? हामीले के खाएर बाँच्ने ? भन्दै दुखेसो पोख्छन् आचार्य ।
अर्का किसान दिपेन्द्र आचार्य भन्छन:- यदि सरकारले हात्ती पाल्ने हो भने सुरक्षित स्थानमा लगेर पालोस् । अव त अती भयो।’
 सक्दैन भने  हामी यी हात्तीलाई  तह लगाउछौं ,हामीलाई मुद्दा लगाएर  जेल हाल्ने कार्य नगरेस् सरकार। याे हाम्रो चेतावनी हो’ उनले भने, ‘यसमा सम्बन्धित निकायको ध्यान जाओस्।’
सप्तरीको पुर्वि उत्तरी भेगमा बर्षेनी जंगली हात्तीले जनधनको क्षति गर्दापनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्नु र समस्याको निराकरण गर्न सकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।