• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरी अध्यक्षमा केदार र उमेशको उम्मेदवारी

जसपा नेपाल सप्तरी अध्यक्षमा केदार र उमेशको उम्मेदवारी
न्यूज टुडे
राजविराज,१७ साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा केदार प्रसाद यादव र उमेश प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । राजविराज स्थित पार्टी कार्यालयमा शनिबार जिल्ला निर्वाचन समितिमा छुट्टाछुट्टै प्यानलसहित उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 
उम्मेदवारी दर्ता गराउँदै अध्यक्ष उम्मेदवार उमेश प्रसाद यादवसहित अन्य पदाधिकारी । फोटो : न्यूज टुडे
निर्वाचन कार्यतालिका अनुसार विहान ८ बजेदेखी सुरु भएको मनोनयन दर्ता बमोजिम अध्यक्ष उम्मेदवार उमेश प्रसाद यादवले विहान ०८: ५७ बजे उम्मेदवारी दर्ता गरे भने  अर्का अध्यक्षका उम्मेदवार केदारप्रसाद यादवले  विहान ०९ : २१ बजे उम्मेदवारी दर्ता गराए । 
केदार यसअघि समेत पार्टी जिल्ला अध्यक्ष थिए भने उमेश उपाध्यक्ष थिए  । 
केदारको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह,सचिब शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी, रामेश्वर  कौडगिया र कोषाध्यक्ष अर्मेन्द्र कुमार यादव  (अर्विन) छन् । 
यसैगरी उमेश प्यानलबाट उपाध्यक्ष हरेराम यादव, राजेश्वर राय, सचिबमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन, राहुल मण्डल र कोषाध्यक्षमा अभिनभ यादव ( निकु) रहेका छन् । 
सात पदाधिकारी खुल्ला, २५  भुगोल र समाबेशी २५ गरि ५० सदस्य जिल्ला समिति चयनका लागि साउन १८ गते विहान ८ बजेदेखि १ बजेसम्म  मतदान हुने जनाइएको छ । 
जिल्ला नेतृत्व चयनका लागि विभिन्न पालिका र भातृसंगठन गरि ५ सय १५ जनाले मतदान गर्ने निबर्तमान जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

निर्वाचन तालिका अनुसार १२ बजेर ५ मिनेटमा उम्मेदवार नामावली प्रकाशन, १२ बजेर १० मिनेटदेखि २ बजेसम्म मनोनयन फिर्ता, २ बजेर ३०देखि ३ बजेर ३० मिनेटसम्म दावी विरोध र ५ बजे अन्तिम नामवली प्रकाशन हुनेछ।