न्यूज टुडे
राजविराज,१६ साउन।
साउन १७ गते हुने भनिएको जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन कार्यतालिका परिबर्तन भएको छ । जिल्ला निर्वाचन समितिले शुक्रबार नयाँ तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
जसपा नेपाल सप्तरीको एकताको प्रथम अधिवेशनको बिहिवार सम्पन्न बन्द सत्रमार्फत जिल्ला कार्यसमिति चयनको प्रयास सफल नभएपछि चुनावी प्रक्रिया अगाडि बढाएर जिल्ला निर्वाचन समितिले तालिका सार्वजनिक गरेका थिए ।
तीनदिने निर्वाचन तालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन समितिले पुनः अर्को सूचना जारी गरी मतदाता नामावलीमा अत्यधिक दावी विरोध र संशोधन परेकोले सो उपर छानबिन गर्न समय लाग्ने जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।
जिल्ला निर्वाचन समितिद्वारा शुक्रबार जारी सूचना अनुसार २०८२ साउन १६ गते साँझ ७ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, साउन १७ गते विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन दर्ता, दिनको १२:०५ बजे उम्मेदवारीको नामावली प्रकाशन, १२ : १० देखि २ बजे सम्म नामा फिर्ता लिने, २: ३० देखि ३ : ३० बजे दावी विरोध गर्ने, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन र २०८२ साउन १८ गते ८ बजे देखि १ बजेसम्म मतदान र दिउँसो ३ बजेदेखि मतगणना तथा मतदानको परिणाम घोषण गर्ने सूची रहेको छ ।
यसअघि जारी निर्वाचन तालिका अनुसार साउन १५ गते ३:४० बजे मतदाता नामवाली प्रकाशन, ५ बजेदेखि ६ बजेसम्म मतदाता नामबलीमाथि दावी विरोध तथा संशोधन गर्ने र साँझ ८ बजे अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्य तालिका रहेको थियो ।
यसैगरी साउन १६ गते विहान ८ बजे देखि १० बजेसम्म मनोनयन दर्ता, ११ बजे उम्मेदवारको नामावली प्रकाशन, ११:१० देखि १२ बजेसम्म नामफिर्ता लिने, १२:५ देखीदेखि १ बजेसम्म दावी विरोध,, दिउसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको थियो ।
यसैगरी साउन १७ गते शनिवार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने त्यसपछि सूचना प्रकाशित गरी मतगणना सम्पन्न गरिने जिल्ला निर्वाचन समितिद्वारा जारी सूचानामा उल्लेख गरिएको थियो ।
निर्वाचन समितिद्वारा बिहीबार ५ सय २४ जनाको मतदाता सूची प्रकाशित गरेको थियो ।