न्यूज टुडे
राजविराज,१५ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा बिहीबार विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत पार्टी प्रवेश गरेका छन् । जनमत पार्टी वडा नम्बर ६ समितिद्वारा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममार्फत नेपाली कांग्रेस र नेकपा एमालेका दर्जनौं नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमत पार्टी कञ्चनरुप नगर अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य सुवानन्द सरदार, उपेन्द्र प्रसाद साह, देवेन्द्र प्रसाद साह, रामकुमार साहलगायत जनमत पार्टी प्रवेश गरे ।
यसैगरी नेकपा एमाले परित्याग गरी बेचन साह, कौशिला देवी साह, सरोज कुमार साह, कंचन साह, नितु कुमारी साह लगायत झण्डै दुई दर्जन नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष मनोज कुमार साहले पार्टीमा प्रवेश गर्ने सबैलाई जनताको हक, अधिकार र न्यायका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे। उनले जनमत पार्टी नै जनताको भावना र अपेक्षाअनुसार अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा यो पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा जनमत पार्टीका अन्य स्थानीय नेताहरूको समेत उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै कञ्चनरुपमा जनमत पार्टीको सांगठानिक बल अझ सुदृढ भएको जनमत पार्टी कञ्चनरुप नगरपालिकाले जनाएको छ ।