• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरीको निर्वाचन साउन १७ गते हुने 

जसपा नेपाल सप्तरीको निर्वाचन साउन १७ गते हुने 
न्यूज टुडे
राजविराज,१५ साउन 
जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन साउन १७ हुने भएको छ । पार्टी निर्वाचन समितिले बिहिवार निर्वाचन तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
जसपा नेपाल सप्तरीको एकताको प्रथम अधिवेशनको
बिहिवारको बन्द सत्रमार्फत जिल्ला कार्यसमिति चयनको प्रयास सफल नभएपछि चुनावी प्रक्रियामा गएको  निर्वाचन समितिले जनाएको छ । 
निर्वाचन तालिका अनुसार साउन १५ गते  ३:४० बजे मतदाता नामवाली  प्रकाशन, ५ बजेदेखि ६ बजेसम्म मतदाता नामबलीमाथि दावी विरोध तथा  संशोधन गर्ने र साँझ ८ बजे अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्य तालिका रहेको छ । 
  यसैगरी  साउन १६ गते  विहान ८ बजे देखि १० बजेसम्म मनोनयन दर्ता, ११ बजे उम्मेदवारको नामावली प्रकाशन, ११:१० देखि १२ बजेसम्म नामफिर्ता लिने, १२:५ देखीदेखि १ बजेसम्म दावी विरोध,, दिउसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको छ । 
यसैगरी साउन १७ गते शनिवार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने त्यसपछि सूचना प्रकाशित गरी मतगणना सम्पन्न गरिने निर्वाचन समितिद्वारा जारी सूचानामा उल्लेख छ । 
चुनावमा कुल ५ सय २४ मतदाता  सहभागी रहने छ ।  जिल्ला अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केदार प्रसाद यादव, उपाध्यक्ष उमेशकुमार यादव र सचिव हरेराम यादव प्यानलसहित प्रतिस्पर्धा गर्ने  चर्चा रहेको छ ।