सप्तरीमा प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा नियन्त्रणमा लिँदै पत्रकार सम्मेलन मार्फत मंगलबार यसबारे जानकारी गराएको छ ।
भारततर्फ निकासीका लागि तयारी अवस्थामा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा भण्डारण गरेर भारत निकासीका लागि तयारी गर्दैको अवस्थामा १२ लाख ८८ हजार मूल्य बराबरको मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भारतीय सीमावर्ती क्षेत्र नजिक तस्करीका सामान भण्डारण गरेर राखिएको अवस्थामा यस अघि पनि प्रहरीले त्यस्ता सामान नियन्त्रणमा लिएकै हो । तर पटक–पटक यस्ता सामान बरामद भईरहेका कारण तस्करी अझै रोकिएको छैन भन्ने बुझ्नु पर्ने हुन्छ । त्यस्ता अवैध सामान नियन्त्रणमा लिँदा पनि नस्करहरुको गिरोह सक्रिय नै रहन्छ । यदि भने यसलाई चाहीँ चुनौतिकै रुपमा स्वीकार गर्नुपर्ने हुन्छ । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भई प्रहरी उपरीक्षक गौतमकुमार केसी आएको करीब एक महिना मात्र भएको छ । यस अवधिमा पहिलो पटक यत्रो परिमाणमा तस्करीको सामान प्रहरीले नियन्त्रणका लिन सफल भएको हो । यस अघिका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा सरुवा भएर आए लगत्तै र त्यसपछि पनि पटक–पटक ठूलो परिमाणमा लागू औषध गाँजासहित अरु तस्करीका सामान पनि नियन्त्रणमा लिईएकै हो । प्रहरीले यसरी अवैध सामान पक्रनमा सफलता पाईरहेको भएपनि यो धन्दा नियन्त्रणमा आईसकेको चाहीँ छैन । यसको पोख्त प्रमाणका रुपमा सदरमुकाम राजविराजमा सुक्दै गएको ब्यापारलाई पनि लिन सकिन्छ । बढ्दो तस्करीले गर्दा नै ब्यापार सुकेको भनी सप्तरी उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी समेतको ध्यानाकर्षण गरी सकेको छ ।
तसर्थ तस्करी नियन्त्रणका लागि अझै सक्रियताका साथ लाग्नु पर्ने आवश्यकता छ ।