• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरीको अधिबेशन उद्घाटन गर्न उपेन्द्र यादव राजविराजमा

जसपा नेपाल सप्तरीको अधिबेशन उद्घाटन गर्न उपेन्द्र यादव राजविराजमा
न्यूज टुडे
राजविराज,१३ साउन । 
जनता समाजवादी पार्टी नेपाल सप्तरीको  राजविराजमा बुधबार हुने प्रथम एकताको अधिबेशनलाई सम्बोधन गर्न राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव राजविराज आएका छन् । राजविराज स्थित साइकृष्णा मेडिकल कलेजको प्राङ्गणमा आयोजित प्रथम एकताको अधिबेशनलाई सम्बोधन गर्न मंगलबार साँझ यादव राजविराज आएका हुन् ।
जसपा नेपाल सप्तरीको ऎतिहासीक प्रथम एकताको जिल्ला अधिबेशन  पूर्व उपप्रधानमन्त्री एवम् पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । साउन १४, १५ र १६ गते हुने जिल्ला अधिबेशनलाई सम्बोधन गर्न अध्यक्ष यादव सोमबार साँझ राजविराज आइसकेको उनले जानकारी दिए ।
अधिबेशनलाई अध्यक्ष यादवसहित उपाध्यक्ष मृगेन्द्र  कुमार सिंह यादव, सचिब शैलेन्द्र प्रसाद साह, प्रबक्ता मनिष सुमन, केन्द्रीय नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) का साँसद अनिरुध्द प्रसाद सिंह यादवलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा नेपाल सप्तरीले जनाएको  छ । 
बुधबार उद्घाटन सभा सकेपछि बिहिवार देखि बन्दसत्र सुरु हुने जसपा नेपाल सप्तरीका उपाध्यक्ष हरेराम यादवले बताए । बन्दसत्रमा राजनीतिक प्रतिबेदन, साँगठानिक प्रतिबेदन , आर्थिक प्रतिबेदन प्रस्तुत गरिने तथा पार्टीको भावी योजना  तथा कार्यक्रम पारित गरिने उपाध्यक्ष यादवले जानकारी दिए ।
अधिबेशनमा विभिन्न पालिका, भातृसंगठन, जिल्लाबाट मनोनीत गरि ५ सयभन्दाबढी प्रतिनिधि सहभागी हुने जिल्ला सचिब हरेराम यादवले बताए ।