सप्तरी प्रहरीले ठुलो परिणाममा अबैध मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय राजविराजमा मंगलबार प्रहरीद्वारा पत्रकार सम्मेलन गर्दै नेपालबाट भारततर्फ लाने तयारी अवस्थामा लाखौंको मदिरा नियन्त्रणमा लिएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रहरीद्वारा बरामद मदिरा । फोटो : न्यूज टुडे
सप्तरीको राजगढ गाउँपालिका २ स्थित कमलपुर गाउँमा मदिराजन्य बस्तु भण्डारन गरि राखी भारततर्फ विक्री वितरण गरि रहेको सूचनाको आधारमा विभिन्न कम्पनीको १२ लाख ८८ हजार ९ सय ७५ रुपैयाँ बराबरको मदिरा नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताए ।
बरामद मोटरसाइकल र साइकल । फोटो न्यूज टुडे
एसपी केसीले उक्त स्थानबाट मदिरा ओसारपसारमा प्रयोग भएका मोटरसाइकल र साइकल समेत फेला पारी जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याई थप अनुसन्धानको कार्य अगाडि बढाइएको बताए ।
‘अबैध रुपमा मदिराजन्य चिजबस्तु स्टोर गरि राखी भारततर्फ विक्री वितरण भइरहेको छ भनी गोप्य सूचनाको आधारमा आफू नेतृत्वको प्रहरी निरीक्षक विरेन्द्र कुमार यादव प्रहरी चौकी झुटकीका वरिष्ठ प्रहरी नायव निरीक्षक गणेश बहादुर न्यौपानेसहित प्रहरी टोली उक्त स्थानमा गयौं, एसपी न्यौपाने भने,’त्यसठाउँमा बाँसको टाटीको बेरा र मार्वलको छानो भएको ठुलो गोदाममा विभिन्न ब्राण्डका मदिरा भेटियो, उनले भने,’गोदाममा भारतीय नम्बर प्लेट भएको ४ मोटरसाइकल र ३४ थान साइकल समेत बरामद भयो ।’
गोदाममा सहजै पुग्ने स्थित नभएकोले प्रहरी पुग्नेबेलासम्म तस्करहरु फरार हुँदा फेला पार्न नसकेको बताउँदै उनले गोदाम जानेबाटोमा हिलोमा काँटी गाडेर राखिएको पाइएको तथा बाटोमा खाल्डाखुल्डी खरेर अबरोध पुर्याएको जानकारी दिए ।
एसपी केसीका अनुसार मामाश्री दिलवाले ६ सय ४१ कार्टुन, कर्णाली गोल्ड ५ कार्टुन, कस्तुरी रक्सी ४३ कार्टुन,किङ्ग फिसर बियर क्यान ४७ कार्टुन,वृक्ष रक्सी ४ कार्टुन, गोर्खा बियर क्यान २० कार्टुन,अर्ना बियर क्यान ३ कार्टुन अबैध मदिरा बरामद गरेको छ । उनले उक्त बरामद मदिरा तथा ३ लाख ५ हजार मुल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल आवश्यक प्रक्रिया पूरा गरि भन्सार कार्यालयलाई बुझाउने बताए ।
पछिल्लो समय प्रहरीले दिनहुुँ अबैध रुपमा भन्सार छली भारततर्फ लाने गरेको सामान तथा लागूऔषध नियन्त्रणमा लिइरहेको बताउँदै उनले यस्ता घटनाले अब सप्तरीमा तस्करी गर्न त्यति सजिलो नभएको संदेश देशभरी जाने विश्वास व्यक्त गरे । एपसी केसीले आफू आएको छोटो समयमै लागूऔषध तथा अबैध सरसमान तथा विभिन्न अपराधीक मुद्दाका प्रतिवादी पक्रान ठूलो सफलता मिलेको बताए ।
‘म जिल्ला प्रहरी कार्यालयको प्रमुखमा हाजिरी भएको आज १ महिना भयो, एक महिना पहिले यति बैलै सप्तरी आएँ, आफ्नो एक महिने कामको फेहरिस्त सुनाउदै उनले भने, यस अबधिमा लागूऔषध नियन्त्रण, अबैध सरसामान नियन्त्रण, दर्जनौं अपराधीक घटनाका प्रतिवादी पक्राउ तथा मुद्दा दर्ता र फछ्र्यौट, शान्ति सुरक्षा र धेरै सामाजिक गतिविधि जिल्ला प्रहरी कार्यालयबाट भएको छ ।’
पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत,प्रहरी निरीक्षक विरेन्द्र कुमार यादवलगायतका प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो ।