समाजसेवी एवम् शान्तिकामी डा. नागेश्वर प्रसाद सिंहको १५ औं स्मृति दिवस मनाइएको छ । नेपाल विश्व शान्ति समितिद्वारा राजविराजमा आइतबार आयोजित एक समारोहका वीच डा. सिंहको स्मृति दिवस मनाएको हो ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
समितिका अध्यक्ष मधु बहादुर विसीको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्य वक्ता वरिष्ठ अधिवक्ता हिम्मत सिंह,मविव क्याम्पसका पुर्व प्रमुख चिरञ्जीवी लाल देव, राजीव मिश्र, अधिवक्ता मदनमोहन चौधरी, मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुरले डा. सिंहको जीवनी बारे चर्चा गर्दै शिक्षा तथा स्वास्थ्यलगायतका राजविराज नगरपालिकाको समग्र विकासमा अविस्मरणीय योगदान रहेको बताए ।
यसैगरी समाजसेवी हितनारायण लाल दास,तिहासविद कमल प्रसाद दास, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक संघका अध्यक्ष नरेश सिंह, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बिष्णु कुमार मण्डल, वरिष्ठ पत्रकार अनिलकुमार अनल, इन्जिनियर ईन्द्रनारायण देवलगायतले डा. सिंहले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै त्यसबाट पाठ सिकेर उनको अधुरो सपना पुरा गर्न सकेमात्र सच्चा श्रद्धाञ्जली हुने बताए ।
बक्ताहरुले डा. सिंह एक दुरदर्शि नेता रहेको उल्लेख गर्दै उनको विचार अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
राजविराज स्थित स्टार डिलक्स होटलको सभाहलमा आयोजित कार्यक्रमको संचालन पत्रकार अरुण कुमार तिवारीले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रभुत्व व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।