• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा शुभकामना व्यक्त

मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको अवसरमा शुभकामना व्यक्त
न्यूज टुडे
राजविराज, ११ साउन । 
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मैथिल समुदायमा श्रद्धा, आस्था र परम्पराको प्रतीकको रूपमा मनाइने मधुश्रावणी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  मुख्यमन्त्री सिंहद्वारा आइतबार एक शुभकामना संदेश जारी गर्दै समस्त मिथिलावासीलाई शुभकामना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहद्वारा जारी शुभकामना सन्देशमा मैथिल नारीहरुद्वारा अनुशासन, श्रद्धा र समर्पणसहित पति दीर्घायु, पारिवारिक सुख-समृद्धि तथा वैवाहिक जीवनको सौहार्दता बढाउने उद्देश्यले मनाइने मधुश्रावणी व्रतलाई मिथिलाको गौरवशाली सांस्कृतिक परम्पराको प्रतीकका रूपमा उल्लेख गरेका छन्।
“ यो पवित्र व्रत प्रेम, समर्पण र संस्कृतिप्रति अटूट श्रद्धाको प्रतीक हो,” मुख्यमन्त्री सिंहद्वारा जारी संदेशमा मधुश्रावणीलाई केवल धार्मिक अनुष्ठान नभई मिथिला समाजको लोकसंस्कृति, लोकविश्वास र जीवित परम्पराको अभिन्न अंश भएको उल्लेख गरेका छन् । 
उनले मधुश्रावणी पर्वले सामाजिक एकता, सहअस्तित्व र आत्मीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री सिंहले सम्पूर्ण मैथिल समाजमा प्रेम, विश्वास, स्वास्थ्य र समृद्धिको अटुट बन्धन कायम रहोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।