सप्तरी प्रहरीले नेपालबाट भारततर्फ लादै गरेको ७४ कार्टुन मामाश्री र दिलवाले नामक मदिरा नियन्त्रणमा लिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ कुशहा टोल सडक खण्डबाट भन्सार छली चोरी पैठारी गरि भारततर्फ लाँदै गरेको उक्त मदिरा प्रहरीले नियन्त्रणमा हो ।
बरामद साइकल र कुरमुरे । फोटो : न्यूज टुडे
टाउकोमा बोरा बोकेर भारततर्फ जाँदै गरेको तस्करहरुले बोरा छाडेर भागेपछी चेकजाँच गर्दा बोरा भित्र मामाश्री र दिलवाले नामक ७४ कार्टुन मदिरा फेला परेको प्रहरीले जनाएको छ ।
७४ हजार बराबरको ७४ कार्टुन मदिरा आवश्यक कारबाहीको लागि आइतबार तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २८ बोरा कुरमुरे प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीनवटा साइकलमा लोड गरि ल्याएको ३२ हजार ५ सय बराबरको कुरमुरे सहित साईकल आइतबार भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिए ।