न्यूज टुडे
राजविराज, १० साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् प्रवक्ता मनिष झा वीच भेटघाट भएको छ । मुख्यमन्त्री सिंह र साँसद झा वीच शनिबार जनकपुर स्थित मुख्यमन्त्री कार्यालयमा भेटघाट भएको हो ।
भेटघाटमा मधेसमा खडेरी, किसानको लागि आवश्यक मल सहितका चुनौतीका बारे छलफल भएको सांसद झाले बताए । आफुले एक सङ्घीय सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गर्ने सहयोग बारे कुरा राखेको सांसद झाले जानकारी दिए ।
साँसद झाले मुख्यमन्त्री सिंहसंगको भेटपछि खुलेर प्रशंसा गरेका छन् ।
मुख्यमन्त्री सिंहसंग भेटपछि सांसद झाले सामाजिक संजालमा लेखेका छन् -‘ वहाँको शालीनता, भद्रता र केही गरौ भन्ने हुटहुटी निक्कै मन पर्छ ।’