मिटरब्याजी बिरूद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमिति सप्तरीले शनिबार एक पिडितको जग्गा झण्डा गाडेर कब्जा गरी फिर्ता गरेकाे छ । कञ्चनरूप नगरपालिका वडा नम्बर ११ स्थित ठेलिया नयाँ सिमरा बजारका मिटरब्याजी पिडित ओम नारायण प्रमाणीकाे जग्गा कब्जा गरि फिर्ता गराई उद्धार गरेकाे हाे ।
दुई बर्षदेखी साहुले मेराे जग्गा हाे भन्दै खेती गर्नबाट राेक लगाएकाे जग्गामा शनिबार कार्यसमितिले कब्जा गरि १६ कठ्ठा १८ धुरमा जमिनमा झण्डा गाडेर धान राेपिदिएका छन् । विभिन्न नारा लगाउदै ठेलिया नयाँ सिमरा बजारबाट कार्यसमितिका अध्यक्ष बिरेन्द्र सिंहकाे नेतृत्वमा निस्केका मिटरब्याजी पिडित समूहका जुलुसले ठेलियाको पुरानो सिमरा बजारकाे विभिन्न भाग परिक्रमा गरि राेपाईमा सहभागी भएका थिए ।
विभिन्न नारा लगाउँदै शक्ति प्रदर्शन गर्दै समितिका पदाधिकारी तथा पीडितहरु । फोटो : न्यूज टुडे
धान राेपाईमा सैयाैकाे संख्यामा सहभागी रहेकाे कार्यसमिति सचिव बिजय चाैधरीले बताए । पिडितकाे सम्पति फीर्ता गर, आयोगको कार्यविधी लागू गर, आर्थिक शाेषण बन्द गर, वित्तीय दलाल मुर्दावाद, बैंककाे ज्यादत्ती बन्द गर, लघुबित्त संस्था खारेज गर, साहुकाे सम्पती छानबिन गर, किसान मजदुर आन्दोलन जिन्दावाद लगायत नारा लगाएका थिए ।
चाैधरीकाे अनुसार मिटरब्याज बिरूद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमिति सप्तरीले गत तीन बर्ष यता साहुले ठगेर आफ्नो नाममा हडपेकाे जग्गा मिटरब्याजी पिडितलाई फीर्ता गराउन सहयाेग गरेका छन् । कञ्चनरूप ५ का जीतन चाैधरीकाे ३ कठ्ठा १० धुर जग्गा पिडक साेही वडाका मनराज साहुबाट कब्जा गरि उद्धार गरेकाे उदाहरण दिदै सचिव चाैधरीले भने, जिल्लामा मिटरब्याजी पिडकले आफुले सावा ब्याज असुल गरेरपनि धीताेमा राखेकाे जग्गा फीर्ता नगरी अन्यब्यक्तीलाई बिक्री गर्दै आएको समस्याहरू धेरै छन् ।’
२०६८ सालमा जिल्लाकाे हाल हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह निवासी गुनेश्वर राउतसंग प्रमाणीले ३ लाख रूपैया लिई १६ कठ्ठा १८ धुर जग्गा दृष्टि बन्धक गरिदिएका थिए । पिडित प्रमाणीले २०६९ सालमा ऋण वापतकाे १ लाख, २०७० सालमा ६० हजार र ०७१ सालमा १ लाख २० हजार रुपैयाँ गरि जम्मा २ लाख ८० हजार फीर्ता गरिसकेकाे रेकर्ड हुँदा समेत जग्गा फिर्ता नगर्न नमानेपछि यस्तो कठोर कदम उढाउनु परेको सहभागीहरुले बताए ।
पिडक राउतले २०७२ सालमा जालसाँची गरेर स्थानीय ललितादेवी साहलाई बिक्री गरेको पीडितले बताए । उनले आफुले राउतसंग जग्गा फीर्ता गर्न अनेक दडधुप गर्दागर्दै २०७९ मा ललिताले जिल्ला प्रशासन कार्यालयबाटआफ्नो नामकाे जग्गा भन्दै खेती गर्नबाट राेक लगाएकाे थियाे ।
०७९ बाट आफ्नो जग्गामा ठेलियाकै राधेश्याम मण्डलले बटियागर्दै आएको पिडितले दुखेसाे पाेखे । आफ्नो जग्गाका लागि २ बर्षदेखि प्रहरी प्रशासन, अदालत लगायत न्यायपालिकामा दाैडधुप गर्दा समेत सुनुवाइ नभएको उनले गुनासो गरे ।