• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पौवाँमा सिटीरिक्सा चार्ज गर्ने क्रममा दम्पतीको करेन्ट लागेर मृत्यु

पौवाँमा सिटीरिक्सा चार्ज गर्ने क्रममा दम्पतीको करेन्ट लागेर मृत्यु
नर्मदेव यादव
रुपनी, १० साउन । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर २ पौवाँमा शुक्रबार राती सिटी रिक्सा चार्ज गर्ने क्रममा( एक दम्पती) श्रीमान, श्रीमती दुबैजनाको मृत्यु भएको छ ।  स्थानीय  अन्दाजी ४५ बर्षिय बालेश्वर मण्डल र  उनकी धर्मपत्नी बर्ष ३५ की  रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएको हो । 
करेन्ट लागेर ज्यान गुमाएका मण्डल दम्पती । फोटो : न्यूज टुडे
 मण्डल दम्पतीको  सिटी चार्ज गर्ने क्रममा करेनट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । करेन्ट लागेर मृत्यु भएको खबर पाउनसाथ घटना स्थलमा प्रहरी टोली खटी घटना बारे अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रुपनीबाट संयुक्त टोली खटाई कानूनी प्रक्रिया पूरा गरि दुबैजनाको शव परिक्षणका लागि अस्पताल पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिए । 
मण्डल दम्पतीको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परिक्षणका लागि राखिएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाइएको एसपी केसीले बताए । 
स्थानीयका अनुसार सिटी रिक्सा चार्ज गर्न गएका श्रीमानलाई करेन्ट लागेपछि उनलाई बचाउने क्रममा श्रीमतीको समेत करेन्ट लागेर मृत्यु भएको हो । रातीनै करेन्ट लागेर मण्डल दम्पतीको मृत्यु भएपनि विहान छोराछोरीले देखेर छरछिमेकी र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएको छ ।