रामनाथ यादव
राजविराज,०९ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा शुक्रबार विभिन्न प्रजातीका बोट विरुवाहरु निःशुल्क वितरण गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीबाट उपलब्ध गराइएको बोट बिरुवाहरु तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ को कार्यालयको सहकार्यमा वितरण गरिएको हो ।
वडा कार्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमको वीच तेजपात, टिक, महग्नी, सपेता, गुलमोहर, सरिफा लगायतको बिभिन्न प्रजातिका बोट विरुवा वितरण गरिएको वडाध्यक्ष कमलकुमार मण्डलले जानकारी दिए ।
स्थानीयहरुलाई करीब ३५ सय बोट बिरुवा बितरण गरिएको र भोलि (शनिवार) समेत बिभिन्न प्रजातिको बोट विरुवाहरु बितरण गरिने अध्यक्ष मण्डलले बताए ।
उनले वन कार्यालय साथै बोट बिरुवा वितरण कार्यमा सहयोग गर्नुहुने जनप्रतिनिधि, कर्मचारी, यूवा तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद समेत दिए |