न्यूज टुडे
राजविराज, ०९ साउन ।
सप्तरी प्रहरीद्वारा अबैध सामान र मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । भारतबाट चोरी पैठारी गरि भन्सार छलेर ल्याएको लाखौंको अबैध सामानसहित सप्तरी डाक्नेश्वरी नगरपालिका ९ का बर्ष २४ का विष्णु कुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुनौली बोडरबाट भन्सार छली प्रदेश-०२-०४१ प ८७६५ नम्बरको मोटरसाइकलमा लोड गरी राजविराज तर्फ ल्याउदै गरेको क्रमटन मोटर २ थान, एसिएन पेन्टस २ कार्टुन गरि १ लाख ७६ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद सामान, मोटरसाइकल र मेहतालाई आवश्यक कारबाहीका लागि तिलाठी भन्सार कार्यालयमा बुझाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।