न्यूज टुडे
राजविराज,०८ साउन ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अधिबेशन साउन १४ ,१५ र १६ गते हुने भएको छ । जसपा नेपाल जिल्ला कार्यकारिणी समिति सप्तरीको राजविराजमा बिहीवार सम्पन्न बैठकले अधिबेशनको मिति तय गरेको हो ।
जसपा नेपालको आन्तरिक विवादका कारण यसअघि पटकपटक जिल्ला अधिबेशनको मिति तय गरेपनि हुन सकेको थिएन । जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले साउन १४,१५ र १६ गते राजविराज स्थित साइकृष्णा मेडिकल कलेजको प्राङ्गणमा जिल्ला अधिबेशन गर्ने निर्णय गरिएको अधिबेशन प्रचार प्रसार समितिका संयोजक निलेश कुमार झाले जानकारी दिए ।
यसअघि २०८१ चैत, २०८२ बैशाख, असार गरि पटकपटक जिल्ला अधिबेशनको मिती तय गरिएपनि हुन सकेको थिएन ।
बैठकले अधिबेशन तयारीका लागि मुल व्यवस्थापन समिति, आर्थिक समिति,प्रचारप्रसार समिति लगायतका विभिन्न तयारी समिति समेत गठन गरेको जसपा नेपालका जिल्ला सचिब हरेराम यादवले जानकारी दिए ।