न्यूज टुडे
राजविराज,०८ साउन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ मोहनपुरमा बुधबार राती सर्पदेशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्र बहादुर राईको श्रीमती बर्ष ५० की संगिता राईको मृत्यु भएको हो ।
राती ९ बजे विषालु सर्पको डसाईबाट गम्भीर घाइते संगितालाई तत्कालै उपचारका लागि अस्पताल पठाएको स्थानीयले बताएका छन् ।
राईको उपचारको क्रममा राती १२ बजे गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक कुमार आचार्यले जानकारी दिए ।
स्वर्गीय राईको शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरि घरतर्फ ल्याउने तयारी भइरहेको वडाध्यक्ष आचार्यले बताए ।
सप्तरीमा खडेरी लागेपछि सर्पको विगविगी बढेको छ ।