न्यूज टुडे
राजविराज,०७ साउन ।
सप्तरीको राजगढ गाउँपालिकामा शंकास्पद अवस्थामा दुईजना मृत फेला परेको छ । राजगढ गाउँपालिका–५ र ३ नम्बर वडामा दुईजना पुरुषको शव फेला परेको हो ।
वडा नम्बर ५ मलेकपुर स्थित कामत टोलमा बुधबार दिउँसो एक पुरुषको शव फेला परेको छ। स्थानीय गुलाब सिंहको धानखेतमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
स्थानीय बासिन्दाले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरेका थिए। घट्नाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने जस्तो लुगा लगाएका छन्। शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी राजगाढ गाउँपालिका ३ मा मंगलबार एक यूवकको शव फेला परेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरियाका अन्दाजी बर्ष २१ का जितेन्द्र यादव झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यादवको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शंकास्पद अवस्थामा भेटिएको यादवको शव परिक्षणका लागि धरान पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।