• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मट्टीगढामा २२ बर्षिय युवक मृत भेटियो
न्यूज टुडे
राजविराज ,०६ साउन । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ मट्टीगढा रामजानकी टोलमा मंगलबार एक यूवक झुण्डिएको अवस्था मृत भेटिएको छ । स्थानीय बलराम चौधरीको छोरा बर्ष २२ को गोलु भन्ने कृष्ण कुमार चौधरी गलामा डोरीको  पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको हो । 
घरमा कोही नभएको बेला विहान १०:१५ बजे आफ्नो गाईगोठको काठको धरैनमा बाख्रा बाँध्ने डोरीमा फासो लागेर झुण्डिएको अवस्थामा  यूवक मृत फेला परेको प्रहरी जनाएको छ ।  यूवकका बडाबुवा आशाराम चौधरीले  भतिजो झुण्डिएको देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । 
 घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी स्थानीय मुचुल्का उठाई शव पोस्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
मृतकको भाउजुलाई सुत्केरी व्याथा लागेपछि आमाले ५ दिन अगाडिदेखि भाउजूलाई लिएर विराटनगर स्थित अस्पतालमा लगेका छन् ।  मृतकका बुवा र दाजु वैदेशिक रोजगारीमा छन् भने काठमाडौमा मजदुरको काम गर्दै आएका स्वर्गीय चौधरीलाई आमाले घरको हेरचाह गर्न बोलाएका थिए । 
घरमा कोही नभएको बेला झुण्डिएको अवस्था यूवक मृत भेटिएको स्थानीयले बताएका छन् ।