आज साउन ६ गते अर्थात ४३औं विपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वर प्रसाद कोईरालाको योगदानको कदरस्वरुप यो दिवस मनाउने गरिएको हो । राणा शासनको क्रुर पञ्जाबाट मुलुकलाई मुक्त गर्नको लागि विपीले थालेको संघर्ष स्वेच्छाचारी पञ्चायती शासनमा पनि जारी नै रहयो ।
२०१५ सालको प्रथम आम निर्वाचनमा दुई तिहाई भन्दा बढी बहुमतका साथ नेतृत्व गरेका विपी कोईरालाको सरकारलाई २०१७ सालमै राजा महेन्द्रले अपहस्तगरेपछि प्रजातन्त्रा लागि फेरि संघर्षा उत्रनु परेको थियो । पञ्चायतको अवशान अघि नै २०३९ साउन ६ गतेका दिन विपीले नश्वर देह त्याग गरेपनि वहाँको योगदानका कारण हरेक प्रजातन्त्रवादीले स्मरण गर्दै आएका छन् । मुलुक र जनताको अवस्थालाई नजिकबाट नियालेका नियालेका विपीले समाजवाद र उदारवादो संयोजनका साथ प्रजातान्त्रिक समाजवादलाई अंगाल्नुभएको हो । भारतमा निर्वासित रहनु परेको अवस्थामा पनि मुलुकको अवस्थालाई दृष्टिगत गरी राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सार्दै दमनकारी पञ्चायती व्यवस्थाा विपी स्वदेश फर्किनु भएको थियो ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत नियालेर विपीले आफ्नो चिन्ता भन्दा पनि मुलुकका लागि मेलमिलापको नीति अघि सारेको भन्न संकोच मान्नु पर्दैन । वर्षमा एक दिन विपीको स्मरण गरेर जिम्मेवारी पूरा भएको ठान्नु भन्दा पनि वहाँको प्रतिपादन गर्नु भएको सिद्धान्तको अनुशरण तथा लोकतन्त्रलाई मूलमन्त्र बनाउने प्रथाका साथ तदनुरुपको व्यवहार गरिनु पर्ने आवश्यकता छ ।