• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा ३ सय ८८ किलो गाँजासहित एक महिला प्रहरी नियन्त्रणमा

सप्तरीमा ३ सय ८८ किलो गाँजासहित एक महिला प्रहरी नियन्त्रणमा
न्यूज टुडे
राजविराज,०४ साउन ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ स्थित नर्घोबाट आइतबार ३ सय ८८ किलो गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय रामकेवल मण्डलको घरबाट उक्त लागूऔषध गाँजासहि उनको श्रीमती बर्ष ४१ की रेखा कुमारी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
मण्डलको घरमा लागूऔषध गाँजा लुकाई छिपाइ राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सयुक्त टोलीले खानतलासी गरी उक्त लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
मण्डलको निर्माणाधीन सौचालयबाट २ बोरा, गाई गोठबाट १ बोरा,र घर नजिकको बाँस झ्याङबाट ९ बोरा गरि १२ वटा बोरामा रहेको ३ सय ८८ किलो ७३० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित रेखा कुमारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
बरामद गाँजा र पक्राउ परेकी मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।