• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विधुत प्राधिकरण कंचनपुरको चरम लापरबाही, घण्टौ विधुत अबरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

विधुत प्राधिकरण कंचनपुरको चरम लापरबाही, घण्टौ विधुत अबरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
न्यूज टुडे
राजविराज,०४ साउन । 
सप्तरीको कंचनपुर  स्थित रहेको विधुत प्राधिकरण वितरण शाखाको चरम लापरबाहीले त्यस क्षेत्रमा घण्टौ विधुत अवरुद्ध भएको छ । अत्याधिक गर्मी बढेको बेला १० घण्टादेखि विधुत अवरुद्ध हुँदा सर्वसाधारणहरु सास्ती खेप्न बाध्य भएका छन् ।
शनिबार राती ११ बजे देखि अवरुद्ध विधुत हालसम्म पनि सुचारु नभएको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का दिपेन्द्र कुमार चौधरीले बताए । उनले अत्याधिक गर्मी बढेको बेला घण्टौसम्म विधुत अवरुद्ध हुँदा ठूलो सास्ती खेप्नु परेको दुखेसो पोखे ।
विधुत अबरुद्ध हुँदा गर्मीले रातभरी जाग्राम बस्नु परेको बताउंदै उनले विधुतका कर्मचारीहरुलाई फोन गरि जानकारी गराउँदा समेत सुनुवाइ नभएको गुनासो गरे । 
प्राधिकरणको लापरबाहीको कारण बृद्ववृद्वा र बालबालिका बढी प्रभावित भएको उनले बताए ।  राती ११ बजेदेखी अवरुद्ध विधुत विहान ९ बजेसम्म पनि संचालनमा नआएको चौधरीले जानकारी दिए । 
नेपाल विधुत प्राधिकरण वितरण शाखा कंचनपुरका प्रमुख अरुण कुमार साहले महुलीदेखि चाँदनी चौक-  सितापुर क्ष्रेत्रको एक फेज विधुतमा समस्या आउँदा विधुत अवरुद्ध हुन पुगेको बताए । उनले समस्या आएको क्षेत्रमा प्राविधिक टोली खटिएकाले चाँडै विधुत सुचारु हुने जानकारी दिए ।