• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

टेङ्ग्रीमा करेन्ट लागेर एक किसानको मृत्यु

टेङ्ग्रीमा करेन्ट लागेर एक किसानको मृत्यु
न्यूज टुडे
राजविराज,०३ साउन ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ टेङ्ग्रीमा शनिबार करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । स्थानीय बैजनाथ यादबको पत्नी बर्ष ७० की उर्मिला देबी यादबको मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 
विहान ७ बजे धान  खेतमा पानी सुकेपछी मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्थानीय मुचुल्कासहितको कार्य सम्पन्न गरी मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 
लामो समयसम्म खडेरी लागेपछि सप्तरीमा करेन्ट लागेर  र खेतमा काम गर्ने क्रममा गर्मी सहन नसकेर बेहोस भई किसानहरुको मृत्युको घटना वृद्धि भएको छ ।