• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अत्यधिक गर्मीका कारण सप्तरीमा एक जनाको मृत्यु, आफन्तद्वारा पोस्टमार्टममा अबरोध

अत्यधिक गर्मीका कारण सप्तरीमा एक जनाको मृत्यु, आफन्तद्वारा पोस्टमार्टममा अबरोध
न्यूज टुडे
राजविराज, ०२ साउन । 
सप्तरीको राजगढ गाउँपालिका – ३  स्थित नर्घोमा शुक्रबार अत्यधिक गर्मी सहन नसकेर बेहोस भएका एक जनाको मृत्यु भएको छ । सप्तरीको बिष्णुपुर गाउँपालिका–१ थलहीकी ४५ वर्षीय मसुरन खातुनको गर्मीका कारण मृत्यु भएको हो । 
 माइतीघर गएकी उनी  धान रोपिरहँदा अचानक बेहोस भएपछि उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो ।  उपचारको क्रममा उनको मृत्यु भएपछि प्रहरीले शवको पोष्टमार्टम गर्न गजेन्द्रनारायण अस्पताल राजविराजको शव गृहमा राखेको थियो।। उनका आफन्तले पोष्टमार्टम गराउन नमानी  बेलुका ५ बजेतिर आएको एक समुहले बलजफ्ती शव गृहलाई तोडफोड गर्दै शव लिएर फरार भएका थिए।
सप्तरीको‌ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमको‌ लागि राखिएको शव लिएर‌ आफन्तहरु फरार भएको थियो। आक्रोशित आफन्तको समुहले शव लिएर जाँदा प्रहरीले उनीहरुलाई रोक्न असफल भएका थिए ।
आक्रोशित आफन्तजन अस्पतालमा आएर तोडफोड गर्न लागेपछि मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहले  प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले उनीहरुलाई रोक्न सकेनन्।  उनीहरुलाई रोक्न खोज्दा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो ।  गर्मी सहन नसकेको कारण खातुनको मृत्यु भएको दावी गर्दै उनीहरुले  पोष्टमार्टम गर्नु नपर्ने अडान राखेका थिए । 
प्रहरीले तत्काल हस्तक्षेप नगरेपनि मृतकको घरबाट शव फिर्ता ल्याएर पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाएको सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले बताए । मृत्यु के कारणले भएको हो शव परिक्षणपछि मात्र भन्न सकिने बताउँदै उनले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।