• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गोवरगढाबासीको समस्या बुझ्न पुगे डा. राउत

गोवरगढाबासीको समस्या बुझ्न पुगे डा. राउत
न्यूज टुडे
राजविराज,०२ साउन ।  
जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जयकान्त राउत शुक्रबार गोवरगाढा टापु पुगेका छन्। कोसीको मध्य भागमा रहेको सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढा टापु पुगेर डा राउतले स्थानिय नागरिक संग भेटघाट गर्दै उनीहरुले भोग्नुपरेको समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरेका हुन् । 
गत प्रतिनिधी सभा निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका तर्फवाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवार समेत रहेका डा. राउत डुंगाको जोखिमपूर्ण यात्रा गर्दै गोवरगाढा पुगेका हुन् । 
स्थानीय नागरिक संगको छलफलपछि डा. राउतले गोवरगाढावासी वर्षेनी बाढी र कटान प्रमुख समस्यावाट पीडित हुदै आएको र बर्षेनी यहाँका बासिन्दाहरू बसाइँ सराईको समस्या झेल्दै आएको बताए । 
उनले बस्तीमा रहेकाहरुको जीवन अत्यन्त कष्टकर रहँदै आएकोले तिनै तहका सरकार समक्ष समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।