• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तीलाल यादव

भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तीलाल यादव
न्यूज टुडे
राजविराज, ०१ साउन । 
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तीलाल यादव चयन भएका छन् । भारोत्तोलन संघ सप्तरीका पूर्व अध्यक्ष एवम् मधेस प्रदेशका पूर्वमन्त्री महेश प्रसाद यादवको अध्यक्षतामा  तथा खेलकूद विकास समिति सप्तरीका  कार्यालय प्रमुख दिनेश भुजेलको विशेष उपस्थितिमा बिहीवार आयोजित एक भेलाले यादवको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष यादवलाई बधाई दिदै पूर्वमन्त्री यादव र कार्यालय प्रमुख भुजेल । फोटो : न्यूज टुडे
गठित समितिको उपाध्यक्षमा गोपाल प्रसाद गुप्ता, शान्ति चौधरी, सचिवमा जितेन्द्र प्रसाद गुप्ता र कोषाध्यक्षमा राजेन्द्र प्रसाद यादव  चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा मनोज कुमार यादव , लक्ष्मी दास, सूर्य नारायण दास , हेम नारायण साह , डा. रमेश कुमार सिंह , दीपेन्द्र कुमार यादव  रहेका छन् । 
 समितिको सल्लाहकारहरुमा महेश प्रसाद यादव, डा. शिव शंकर यादव , डा. बीरेन्द्र यादव , नवीन कुमार गुप्ता , मनोज कुमार माझी , सुर्य नाथ यादव  रहेको खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख भुजेलले जानकारी दिए ।