न्यूज टुडे
राजविराज, ३२ असार ।
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्बर ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ। वडा नम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ सिल्हट प्रसाहीको वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख आतेश कुमार सिंह यादवले भुमीहीन परिवारलाई लालपुर्जा वितरण गरे ।
लालपुर्जा वितरण गर्दै नगरप्रमुख यादवले दुई वर्षसम्म पालिका भित्र गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने बताए । उनले यसका लागि काम अगाडि बढाइने जानकारी दिए ।