नर्मदेव यादव
रुपनी,३० असार ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीले खानेपानी कर छुट हुने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौलाई महासंघले उक्त माग राखी ज्ञापनपत्र बुझाएको हो ।
महासंघका जिल्ला अध्यक्ष संजय कुमार यादवको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यलयका सहायक सिडिओ राम बहादुर शाही मार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यलयलाई ज्ञापनपत्र बुझाएका छ्न।
देशभरीका जिल्लाहरुबाट सोमबार ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीले पनि बुझाएको अध्यक्ष यादवले जानकारी दिए ।