रामनाथ यादव
राजविराज , ३१ असार।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ८ स्थित माध्यमिक विद्यालय ताेपमा सोमबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यायका छात्रा तथा सम्पूर्ण दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य लक्ष्मी प्रसाद मण्डल ,खत्वेकाे अध्यक्षता तथा वडा अध्यक्ष सत्य नारायण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १ देखि ५ सम्मका छात्रा तथा दलित वालवालिकाहरुलाई छात्रवृत्ति बापतको रकम चार सय रुपैयाँको दरले उपलब्ध गरिएको विद्यालयका प्रधानाध्यापक ब्रहमदेव यादवले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य एवम् वडा प्रतिनिधि ललित कुमार मण्डल , व्यवस्थापन समितिका सदस्य दिलिप कुमार मण्डल, लेखापाल वब्लू कुमार मण्डल, व्यवस्थापन समिति सदस्य राजकुमारी देवी मण्डल, मान्ती सदा, अभिभावक शिव नारायण मंडल, रामपृत यादव,समाजसेवी ,वुद्विजिवी,शिक्षक,कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
विद्यालयले यस वर्षको २०८१ काे एसइइ परीक्षामा तिलाठी काेइलाडी गाउँपालिकामा प्रथम गरिएको प्रधानाध्यापक यादवले बताए । उनले A+ दुई जना A २८ जना गरि ५०% रिजल्ट ल्याएर विद्यालयकाे नाम राेशन गरेको जानकारी गराए ।