• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजदेवी रोयल र तिरहुट टाइगर्स एसपिएलको सेमीफाइनलमा

राजदेवी रोयल र तिरहुट टाइगर्स एसपिएलको सेमीफाइनलमा
न्यूज टुडे
राजबिराज,३० असार ।
राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स राजविराज मेयर कप सप्तरी प्राइड लिग (एसपिएल)को सेमीफाइनलमा प्रवेश गरेको छ । पब्लिक विन्देश्वरी माध्यामिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न छुट्टाछुट्टै खेलमा राजदेवी रोयल र तिरहुट टाइगर्स सेमिफाइनल प्रवेश गरेको हो । 
गेम चेन्जरकाे पुरस्कार प्रदान गर्दै नगर कार्यपालिका सदस्य साेनी रजक। फोटो : न्यूज टुडे
सप्तरीको राजविराजमा जारी सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलमा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्स बीचको पहिलो खेल नतिजाविहिन रहंदा दोश्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई पराजित गरेको थियो । 
 सम्पन्न खेल पछि समुह ‘ए’ बाट राजविराज राजदेवी रोयल र समुह ‘बि’ बाट डिफेन्डिङ च्याम्पियन समेत रहेको तिरहुट टाधइगर्स सेमीफाइनल प्रवेश गरेको हो । 
 पहिलो खेल वर्षाका कारण नतिजाविहिन टुंगिएको थियो । नतिजा नआउदा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सले १/१ अंक बाँडेका हुन्। 
टस हारेर ब्याटिंग गरेको राजबिराज राजदेवी रोयलले १४. १ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो। त्यसपछि लगातार वर्षा हुँदा खेल नतिजाविहीन टुंगिएको थियो ।
राजविराज राजदेवी रोयल्सको लागि ओपनर रोहन बिकले सर्वाधिक ५१ रन बनाए जुन क्रममा उनले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। बसन्त यादवले अविजित २८, दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ तथा प्रविण यादवले १४ रन बनाए। 
राजगढ वारियर्सको बलिंगमा रोशन यादवले सर्वाधिक ३ विकेट लिएका थिए जुन क्रममा उनले ३ ओभरमा २९ रन खर्चिए। बिकी पासवानले १ विकेट लिए। दोश्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई १० विकेटले पराजित गर्यो। 
वर्षाका कारण १२ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गरेको रुपनी राइडर्सले ९. ४ ओभरमा ५८ रन मात्र बनाउन सकेको थियो। ५९ रनको सामान्य लक्ष्य तिरहुट टाइगर्सले विकेट नगुमाई भेटायो। 
टाइगर्सका ओपनर अविनाश कर्णले अविजित ३९ रन बनाए जुन क्रममा उनले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहे। 
यस अघि पहिलो इनिंग्समा तिरहुट टाइगर्सका बलर चित्र बहादुर बिस्ट एक्लैले ५ विकेट लिंदै राइडर्सलाई सस्तोमै समेट्न अहम भूमिका निभाए। 
प्लेयर अफ द म्याच बिस्टले ३ ओभरमा १२ रन खर्चेर माथिल्लो क्रम ध्वस्त पारे। यस्तै अजय यादवले ३ विकेट लिए जुन क्रममा २. ४ ओभरमा १० रन खर्चिए। अनिल यादवले १ विकेट लिए। 
राइडर्सको ब्याटिंगमा बिकी चौधरीले १५ तथा बिशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। उक्त अवसरमा प्लेयर अफ दि म्याच चित्र बहादुर बिष्ट तथा गेम चेन्जर अजय यादब लाई राजबिराज नगरपालिका वडा ६ का वडा अध्यक्ष शशी चाैधरी र नगर कार्यपालिका सदस्य साेनी रजकले कप, नगद पुरस्कार प्रदान गरेेका थिए।
खेलपछि अंकतालिकाको समुह ‘ए’मा ३ खेलमा ५ अंक सहित राजविराज राजदेवी रोयल शिर्ष स्थानमा छ जसले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समुह ‘ए’ को दोश्रो स्थानमा ३ खेलमा ३ अंक सहित राजगढ वारियर्स छ। 
समान २ खेल खेलेको कन्चनरुप राइनोज र हनुमाननगर हिरोज क्रमशः २ र ० अंक सहित तेश्रो र चौंथो स्थानमा छ। हनुमान नगरको दोश्रो चरण पुग्ने सम्भावना समाप्त हुँदा राइनोजले भने अन्तिम खेलमा जित दर्ता गरे अर्को चरण पुग्नेछ। 
यस्तै समुह ‘बि’ अन्तर्गत तिरहुट टाइगर्स ३ खेलमा ६ अंक सहित समुहको शिर्ष स्थानमा रहेर सेमीफाइनलमा स्थान पक्का गरेको छ। रुपनी राइडर्स भने तिन वटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिर भएको छ।
 रोयल च्यालेन्जर्स बाह्री वीरपुर र खडक वारियर्सको समान २ अंक छ। वीरपुर र वारियर्स बीच भोलि हुने खेलमा विजयी हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ। 
८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ जसलाई दुई समुहमा बिभाजनप गरिएको छ। समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समुह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्। 
समुह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि दुवै समुहबाट उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
 फाइनल खेल साउन १ गते हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए। सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।